समाचारसोमबार, पौष २२, २०७०
राष्ट्रपतिको ‘ओभर सक्रियता’ भोः ज्ञवाली
रिपोर्टस क्लबले २२ पुसमा राजधानीमा गरेको कार्यक्रममा नेकपा एमालेका प्रचार विभाग प्रमुख ज्ञवालीले राष्ट्रपतिले लबिङ गरेर शोभनीय काम नगरेको टिप्पणी गरेका छन् । संविधानसभा बैठक बोलाउनु पाउनुपर्ने भन्दै राष्ट्रपतिले विभिन्न दलका नेताहरुलाई भेटेर गरिरहेको लबिङ ‘ओभर सक्रियता’ भएको ज्ञवालीको भनाई छ ।
“राष्ट्रपति यादवको ओभर सक्रियता राष्ट्रपति जस्तो गरिमामय पदको लागि शोभनीय हुन्न ।” उनले भने, “देशकै गरिमामय पदमा बस्नेले आकांक्षा र दुराकांक्षा राख्न हुँदैन ।” उनले एक वर्षभित्र संविधान बनाउन भनेर सहमतिको प्रयास गर्नु ठिकै भए पनि राष्ट्रपतिले बैठक बोलाउने विषयमै लबिङ नगर्दा राम्रो हुने बताए ।
उनले संविधानसभा बैठक बोलाउने विषय महत्वपूर्ण भएकोले दलहरुबीचको सहमति वा सर्वोच्च अदालतको फैसला अनुसार हुनुपर्नेमा जोड दिए । “बिरालो सेतो छ कि कालो छ भन्ने कुराको अर्थ छैन, मुख्य कुरा बिरालोले मुसा मार्नुपर्छ भन्ने हो,” उनले भने, “प्रधानमन्त्रीले बोलाए पनि राष्ट्रपतिको टाउको दुख्नु हुँदैन ।”
