समाचारआइतबार, साउन १४, २०६९

रु.२५ अर्ब हिनामिना गर्ने दाहाल नै हुन्: चन्द

हिमालखबर

मोहन वैद्य माओवादीसम्बद्ध क्रान्तिकारी पत्रकार महासंघ नेपालले नवलपरासीको कावासोतीमा १४ साउनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै चन्दले यस्तो दाबी गरेका हुन् । दाहालले आफूले गरेको हिनामिना लुकाउन लडाकुका डिभिजन कमाण्डरहरुलाई राजिनामा दिन लगाएको चन्दको भनाइ छ ।  लडाकु शिविरमा अर्बौ रुपियाँ भ्रष्टाचार गरेको कुरा उठेपछि ३ साउनमा एमाओवादीको सातौं विस्तारित बैठक नै अवरुद्ध भएको थियो ।

चन्दले देशलाई निकास दिन आफ्नो पार्टीको नेतृत्वमा संयुक्त सरकार निर्माण हुनुपर्ने दाबी गरे । संविधानसभा चुनाव वा पुनर्स्थापना दुवै अर्थहीन हुने उनको भनाइ थियो ।

एमाओवादी अध्यक्ष दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई दक्षिणपन्थी भासमा फसेकोले दुवै जनाले क्रान्तिको नेतृत्व गर्न नसक्ने चन्दको आरोप छ । कांग्रेसलाई बिपी कोइराला र एमालेलाई पुष्पलाल/मदन भण्डारीको विचारमा चल्न उनले सुझावसमेत दिए ।

विद्रोही गिरी, कावासोती

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>