थप समाचारमंगलबार, पौष २३, २०७०

‘उराँव जातीलाई पनि संविधानसभामा लैजाउ’

हिमालखबर

उराँव जातीको संगठन ‘नेपाल झागँड (उराँव) कोड्रेम सुधारा कार्य गुठियारा आ कल्याण सुधार समिति’ले संविधानसभा आफूहरुलाई पनि पार्न माग गरेको छ । राजधानीमा २३ पुसमा पत्रकार सम्मेलन गरेर समितिले आफूहरुलाई पनि संविधानसभामा पुर्‍याउनुपर्ने माग गरेको हो ।

तराईमा साढे तीन लाखको संख्यामा बसोबास गर्ने उराँव जातीलाई कुनै पनि दलले प्रत्यक्ष तथा समानुपातिकतर्फमा नपारेको उनीहरुले गुनासो गरे । संविधानसभामा नपुग्दा उराँव जातीलाई देशको मूलधारमा आउने बाटो नै बन्द हुने उनीहरुको तर्क छ ।

उनीहरुले मन्त्रिपरिषदले मनोनित गर्ने २६ जनामा उराँव जातीलाई पनि प्रतिनिधित्व गराउन राजनीतिक दलसँग आग्रह गरे ।

नेपाल झागँड (उराँव) कोड्रेम सुधारा कार्य गुठियारा आ कल्याण सुधार समितिको विज्ञप्तीः

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>