थप समाचारबुधबार, पौष २४, २०७०
शीतलहरले कञ्चनपुरका विद्यालय बन्द
शीतलहरका कारण चिसो बढेपछि निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) सँग आवद्ध विद्यालयले विद्यालय बन्द गराएका हुन् । उनीहरुले १० दिनका लागि विद्यालय बन्द गरिएको जनाएका छन् ।
अत्यधिक रुपमा बढेको चिसोले गर्दा विद्यार्थीलाई पठनपाठन र लेखनमा गाह्रो हुन थालेपछि शीतलहरले पठनपाठन कार्यमा अवरोध हुन थालेकोले जनाउँदै निजी तथा आवासीय विद्यालय २४ पुसदेखि ३ माघसम्म बिदा दिने निर्णय गरिएको प्याब्सन कञ्चनपुरका उपाध्यक्ष बसन्तराज पाण्डेयले बताए ।
“प्राथमिक तहका विद्यार्थीलाई विद्यालय पुग्नसमेत समस्या हुन थालेपछि बिदा दिएका हौँ,” उनले भने । कञ्चनपुरमा प्याब्सन र एन–प्याब्सनमा गरी दुई सय विद्यालय आबद्ध छन् ।
चिसाले गर्दा जिल्लाका सामुदायिक विद्यालय चार दिन अघि नै बन्द भएका छन् । पाँच दिनदेखि बाक्लो कुहिरो, हुस्सु र शीतलहर चल्नाका साथै घाम लाग्न नसक्दा अत्यधिक चिसो बढेको छ । चिसाका कारण बालबालिका र बुढापाका निकै प्रभावित भएका छन् ।
रासस
