समाचारबुधबार, पौष २४, २०७०

संविधानसभा बैठक आह्वान सम्बन्धी बहस २९ पुसमा

हिमालखबर

सर्वोच्च अदालतले संविधानसभा बैठक कसले बोलाउने भनेर परेको रिटमाथि संयुक्त रुपमा सुनुवाई गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सुशीला कार्की र प्रकाश वस्तीको इजलासले दुवै रिटमाथि सर्वोच्चको विशेष इजलासमा सुनुवाई गर्न आदेश दिएको हो ।

राष्ट्रपतिले बैठक बोलाउनुपर्ने माग गर्दै डेमोक्रेटिक लयर्स एसोसिएसनका तर्फबाट सुवास आचार्यले दायर गरेको रिटमा सर्वोच्चले लिखित जवाफ माग गर्दै २४ पुसका लागि सुनुवाईको समय तोकेको थियो ।

तर, अधिवक्ता मुकुन्द अधिकारीले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको पक्षमा १८ पुसमा अदालतमा दायर गरेको रिटमा सर्वोच्चले २३ पुसमा विशेष इजलासमा सुनुवाई गर्न २९ पुसमा पेशी तोकेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>