समाचारबुधबार, पौष २४, २०७०

पत्रकार प्रधानको आक्रमणप्रति सरकार गम्भीर

हिमालखबर

नेपाल पत्रकार महासंघको प्रतिनिधिसँग गृहमन्त्री माधव घिमिरेले प्रधान सम्पादक प्रधानलाई आक्रमण गर्नेलाई सार्वजनिक गरेरै छाड्ने बताएका छन् । सिंहदरबारमा २४ पुसमा महासंघका प्रतिनिधिसँग मन्त्री घिमिरेले आक्रमणकारीको सुराक फेला परिसकेको जानकारी दिए ।

उनका अनुसार प्रधानलाई २३ पुस राती आक्रमण गर्ने शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।  प्रहरीले तीब्र रुपमा अनुसन्धान गरिरहेको भन्दै उनले आक्रमणकारीलाई छिट्टै सार्वजनिक गरिने बताए ।

मन्त्री घिमिरेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित हुन नदिन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएको महासंघका अध्यक्ष शिव गाउँलेले जानकारी दिए । मन्त्रीले पत्रकारको सुरक्षाका लागि सरकार गम्भीर रहेको पनि बताएका छन् ।
___________________________________________________________

प्रधान आक्रमणको विषयमा पत्रकार महासंघले गृहमन्त्री भेट्दै

महासंघले प्रधान सम्पादक प्रधानमाथि भएको सांघातिक आक्रमणको विषयमा ध्यानकर्षण गराउन गृहमन्त्री माधव घिमिरेलाई भेट्दै छ । महासंघको टोलीले २४ पुस अपरान्ह चार बजे गृहमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने महासंघका अध्यक्ष शिव गाउँलेले जानकारी दिए । गृह मन्त्रालय सिंहदरबारमा गृहमन्त्री घिमिरेसहित गृह सचिव, प्रहरी प्रमुखलाई पनि भेटिने महासंघले जनाएको छ ।

राजधानीस्थित बानेश्वरको भीमसेनगोला मार्गमा प्रधानमाथि २३ पुस राती नचिनेका समूहले आक्रमण गरेको थियो । तीन–चार वटा मोटरसाइकलमा आएका समूहले उनी चढेको बा ५ च ३९५९ नम्बरको कारमा तरबार, रड र लाठीले तोडफोड गरेका थिए ।

यसैबीच, महासंघले प्रधानमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्न माग गरेको छ । २४ पुसमा विज्ञप्ती निकालेर महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई चुनौती दिने यस्ता अराजक आक्रमणको भत्र्सना गर्दै घटनामा संलग्न व्यक्तिको तत्काल महिचान गरी कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

मानव अधिकार तथा शान्ति समाज र नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)ले पनि २४ पुसमै छुट्टाछुट्टै विज्ञप्ति निकालेर प्रधान सम्पादक प्रधानमाथि भएको सांघातिक आक्रामणको निन्दा गरेका छन् । महासंघले पत्रकारको सुरक्षामा संवेदनशील बन्न पनि सरकारसँग माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>