थप समाचारबिहीबार, पौष २५, २०७०

नाइट बसमा वाइफाई

हिमालखबर

काठमाडौं– नेपालगञ्ज यात्रा गर्नेका लागि कान्तिपुर डिलक्स बसले वाइफाई सुबिधा थपेको छ । थप सुबिधासहित यात्रुलाई यात्रा गराउने उद्देश्यले बसमा वाइफाई सेवा थपेको बस संचालकको भनाइ छ ।

नमस्ते नेपालले काठमाडौं– नेपालगञ्जका लागि १३ वटा रात्री बस संचाल गरेको छ । कान्तिपुर डिलक्सका १३ वटा बसमै वाइफाई सेवा उपलब्ध रहेको नमस्ते नेपालका उपाध्यक्ष गोविन्द पौडेलले जानकारी दिए ।

बसमै वाइफाई सेवा भएपछि मोबाइल वा ल्यापटप वा आइप्याडजस्ता सूचना–प्रविधिका साधन हुनेलाई सजिलो भएको छ । काठमाडौं– नेपालगञ्ज ५४० किलोमिटरको बस यात्रा पट्यारलाग्दो हुने भएकाले यात्रुलाई सूचनाबाट साक्षात्कार गराइरहन सजिलो हुने पौडेलको भनाइ छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>