थप समाचारबिहीबार, पौष २५, २०७०
ट्रान्सफरमर खरीद प्रकरणः चिनिया कम्पनीका एजेन्ट छुटे
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको थुनामा रहेका चिनिया सिचुआन दोङफाङ ट्रान्सफरमर कम्पनीको आधिकारिक बिक्रेता (स्थानीय एजेन्ट) मणीनाथ ढकाल छुटेका छन् । उनले धरौटी बुझाएपछि तारेखमा छाडिएको अख्तियारले जनाएको छ ।
उनले २४ पुसमा ५० लाख रुपैंया धरौटी रकम बुझाएका थिए । कमसल ट्रान्सफरमर खरीदको अनुसन्धानको क्रममा प्राधिकरणका कर्मचारीसँगै उनी पक्राउ परेका थिए ।
राजधानीको गोंगबुमा बस्ने ढकाल इन्टर कन्टिनेन्टल बिजनेश नेटवर्कका प्रोपाइटर हुन् । सचुआन दोङफाङ ट्रान्सफरमर कम्पनीको स्थानीय एजेन्टको रुपमा इन्टर कन्टिनेन्टल बिजनेश नेटवर्कले काम गर्दै आएको थियो ।
