समाचारबिहीबार, पौष २५, २०७०

पत्रकार प्रधानमाथि आक्रमण गर्ने ८ जना सार्वजनिक

हिमालखबर

प्रहरीले राजधानीमा २५ पुस दिउँसो पत्रकार सम्मेलन गरी आक्रमणमा संलग्न आठ जनालाई सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेकामा काठमाडौं शान्तिनगरका २३ वर्षीय सुमन थापा, ओखलढुंगा, सल्लेरी–८ का २७ वर्षीय नवराज गुरुङ, ओखलढुंगा, सल्लेरी–२ का २० वर्षीय रजिन गुरुङ, बाँके, नेपालगञ्ज–३ धम्बोजीका २७ वर्षीय विश्व पोखरेल, काठमाडौं सामाखुसीका २३ वर्षीय मिलन खड्का, मकवानपुर, हर्नामडी–९ का २० वर्षीय चन्द्रविरु जिम्बा, भक्तपुर, सानोठिमी–१७ का १८ वर्षीय विकाश कोजु र अर्घाखाँची, सन्धिखर्क–६ का सुशिल पौडेल छन् ।

अरु चार जना भने फरार रहेको प्रहरीले जनाएको छ । फरार हुनेमा प्रमेश राई, बिक्की श्रेष्ठ, सोनाम श्रेष्ठ र छेतेन गुरुङ छन् ।

पत्रकार सम्मेलनमा डीएसपी मीरा चौधरीले दुई समूहबीचको झगडाका कारण प्रधान सम्पादक प्रधानमाथि आक्रमण भएको बताइन् । राजधानीस्थित सेकेन्ड होम ब्वाइज होस्टेलका एक समूहले अर्को समूहलाई बदला लिन खोज्दा प्रधानमाथि आक्रमण भएको प्रहरीको अनुसन्धानबाट देखिएको हो ।

राजधानीस्थित बानेश्वरको भीमसेनगोला मार्गमा प्रधानमाथि २३ पुस राती नचिनेका समूहले आक्रमण गरेको थियो । तीन–चार वटा मोटरसाइकलमा आएका समूहले उनी चढेको बा ५ च ३९५९ नम्बरको कारमा तरबार, रड र लाठीले तोडफोड गरेका थिए ।

गृहमन्त्री माधव घिमिरेले नेपाल पत्रकार महासंघको टोलीसँग आक्रमणकारीलाई पक्राउ गरी छिट्टै सार्वजनिक गरिने प्रतिवद्धता जनाएका थिए । महासंघको टोलीले २४ पुसमा प्रधान सम्पादक प्रधानमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण गराउन गृहमन्त्री घिमिरेलाई भेटेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>