समाचारबिहीबार, पौष २५, २०७०
राष्ट्रपतिलाई हटाउन माग गर्दै सर्वोच्चमा रिट
राष्ट्रपति र उपराष्ट्रपतिलाई पदमुक्त घोषित गर्न वा राजिनामा गर्न लगाउन माग गर्दै सर्वोच्चमा रिट परेको हो । अधिवक्ता ओमप्रकाश अर्यालले २५ पुसमा रिट दायर गरेका हुन् ।
रिटमा राष्ट्रपति रामवरण यादव र उपराष्ट्रपति परमानन्द झालाई हटाएर नयाँ निर्वाचन हुनुपर्ने माग पनि गरिएको छ । दुई वर्षका लागि निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिको म्याद संविधानसभाको म्याद थपिएसँगै थपिएको र अब नयाँ जनादेश अनुसार हुनुपर्ने अधिवक्ता अर्यालले हिमालखबरसँग बताए ।
अर्यालले दायर गरेको रिटमाथि २६ पुसमा सुनुवाई हुनेछ ।
