समाचारशुक्रबार, पौष २६, २०७०
गैंडाको आक्रमणबाट एकको मृत्यु
मंगलपुर–८ का ४५ बुद्धिमान थापाको गैँडाले हानेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार जङ्गलमा घाँस काट्न गएका बेला २५ पुसमा थापालाई गैँडाले आक्रमण गरेको थियो ।
गम्भीर अवस्थामा फेला परेका उनको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको हो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । उनको शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
मंगलपुरमा रहेको सामुदायिक वनमा गैँडा र बाघको बासस्थान बढ्दै गएको छ । जसका कारण गएको वर्ष पनि वन्यजन्तुले एक जनाको ज्यान लिएको थियो भने पटकपटक मानिसलाई घाइते बनाइरहेका छन् । पछिल्लो समयमा वन्यजन्तुहरु आहारा र बासस्थानको खोजीमा निकुञ्जबाट सामुदायिक वनतर्फ जान थालेका छन् ।
रासस
