समाचारसोमबार, साउन १५, २०६९
आयोगद्वारा मंसिरमा चुनाव असम्भव रहेको औपचारिक घोषणा
आवश्यक ऐन कानुन नभएकाले अब तयारीमा लागेपनि मंसिरमा चुनाव असम्भव रहेको आयोगका निमित्त प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले जानकारी दिए । चुनाव गर्न नसकिने विषयमा जानकारी दिन राजधानीमा १५ साउनमा आयोजित पत्रकार सम्मेलन उप्रेतीले आफूहरु चुनाव गर्न सक्दिन भन्न बाध्य भएको बताएका छन् ।
आयोगका आयुक्त अयोधीप्रसाद यादवले १३ साउनमै अहिले चुनाव गर्न नसक्ने बताएका थिए ।
