समाचारशुक्रबार, पौष २६, २०७०

प्रा. डा. गोविन्द केसी आमरण अनसन बस्ने

हिमालखबर

संस्थानका डिन प्रा.डा. प्रकाश सायमीको राजिनामा फिर्ता हुनुपर्ने, संस्थानको क्षमता विस्तार नगरी थप मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने र त्रिभुवन विश्वविद्यालयका भ्रष्ट पदाधिकारीले राजिनामा दिनुपर्ने लगायतका माग राखेर अनसन शुरु गर्न लागेको प्रा.डा. केसी निटक एक प्राध्यापकले हिमालखबरलाई जानकारी दिए ।

नेसनल मेडिकल कलेज, नेपाल प्रहरीको मेडिकल कलेज, मनमोहन मेडिकल कलेज र पिपुल्स डेन्टल कलेजलाई सम्बन्धन दिन दवाव आएपछि प्रा.डा. सायमीले २ पुसबाट लागु हुने गरी डिनबाट राजिनामा दिएका थिए ।

विना राजनीतिक हस्तक्षेप पदाधिकारी नियुक्तिको माग गर्दै प्रा.डा. केसी पटक पटक अनसन बसेपछि १ भदौ २०६९ मा प्रा.डा. सायमी डिन नियुक्त भएका थिए । मेडिकल कलेजलाई सम्बन्धन दिन दवाव आएपछि संस्थानका डिन प्रा.डा. सायमीले १९ मंसिरमा दिएको राजिनामा स्विकृत गरेर त्रिवि कार्यकारी परिषदले डा. शशी शर्मालाई नयाँ डिन नियुक्त गरिसकेको छ ।

सम्बन्धित समाचार
अपरेसन बेथिति
डाक्टर नबनाउने मेडिकल कलेज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>