थप समाचारशुक्रबार, पौष २६, २०७०
कक्षा ११ मा ४० प्रतिशत उत्तिर्ण
परिषदले २६ पुसमा कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको हो । परीक्षामा १ लाख ४ हजार ९६९ अर्थात् ४० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ ।
जेठमा भएको परीक्षामा नियमिततर्फ २ लाख ६३ हजार २२० जना परीक्षार्थी सहभागी थिए ।
आंशिकतर्फ भने ५० हजार ९०८ जना विद्यार्थी उत्तिर्ण भएका छन् । आंशिकतर्फका १ लाख ५४ हजार ६०८ जना परिक्षार्थीमध्ये ३३ प्रतिशत उत्तिर्ण भएको परिषदले जनाएको छ ।
परिषदले २५ फागुनमा मौका परीक्षाको व्यवस्था गरेको जनाएको छ ।
