समाचारशुक्रबार, पौष २६, २०७०

राष्ट्रपतिलाई हटाउन परेको रिटको सुनुवाई सर्‍यो

हिमालखबर

सर्वोच्च अदालतमा परेको रिटमाथि २६ पुसमा हुने भनिएको सुनुवाई २८ पुसका लागि सरेको हो । राष्ट्रपति र उपराष्ट्रपतिलाई पदमुक्त घोषित गर्न वा राजिनामा गर्न लगाउन माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले २५ पुसमा रिट दायर गरेका थिए ।

उनले पालो नआएकाले २६ पुसमा सुनवाई हुन नसकेको र २८ पुसमा सुनुवाई हुने जानकारी दिए । अर्यालले दायर गरेको रिटमा राष्ट्रपति रामवरण यादव र उपराष्ट्रपति परमानन्द झालाई हटाएर नयाँ निर्वाचन हुनुपर्ने माग पनि गरिएको छ ।

दुई वर्षका लागि निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिको म्याद संविधानसभाको म्याद थपिएसँगै थपिएको र अब नयाँ जनादेश अनुसार हुनुपर्ने रिटमा जिकिर गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>