समाचारशुक्रबार, पौष २६, २०७०
एमालेले बखेडा झिक्योः कोइराला
सहिद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानले राजधानीमा २६ पुसमा गरेको कार्यक्रममा कांग्रेस सभापति कोइरालाले बैठक बोलाउने विषयमा एमालेले बखेडा झिकेको आरोप लगाएका हुन् । उनले भने, “संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले आब्हान गर्नुपर्नेमा काँग्रेस, एमाओवादी र मधेसवादी मोर्चा सहमत छौं, तर एमालेले बखेडा निकालेर मानेन ।”
हरेक देशमा राष्ट्राध्यक्षले संविधानसभा एवम् संसदको पहिलो बैठक बोलाउने नजिर रहेको जिकिर गर्दै उनले भने, “नेपालमा पनि त्यही नै हो, तर यो विषयलाई किन विवाद बनाइयो, यहीँबाट षड्यन्त्र भएको शङ्का उब्जन थालेको छ ।”
उनले संविधानसभाको बैठक बोलाउने बारेमा जति विवाद बढ्दै गयो, उति नै षड्यन्त्र बढ्दै जाने बताए । उनले जतिसक्दो चाँडो विवादलाई टुंग्याएर संविधान निर्माणमा जुट्नुपर्नेमा जोड दिए ।
सरकार गठनमासमेत अब विवाद र झमेला गर्न नहुने टिप्पणी गर्दै उनले सरकार गठनमा अझै विवाद गर्दै गएमा जनतामा नकारात्मक सन्देश जाने बताए ।
उनले भने, “काँग्रेस ठूलो पार्टी भएकाले काँग्रेस कै नेतृत्वमा सरकार बन्छ ।”
