थप समाचारशनिबार, पौष २७, २०७०
दुर्घटनामा एकको मृत्यु
ट्रयाक्टरले २७ पुस बिहान ठक्कर दिँदो जलेश्वर–१२ मलिवाराकी ७५ वर्षीया कुमारीदेवी साहको मृत्यु भएको हो । ज २ त ५०१ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बाक्लो हुस्सुका कारण चालकले ठम्याउन नसक्दा उनलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । गंम्भीर घाइते उनलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब निरीक्षक विजय भण्डारीले जानकारी दिए ।
ठक्ककर दिने ट्रयाक्टरका चालक नैन्ही– ४ का जगदीश रामलाई नियन्त्रणमा लिएको उनले बताए ।
लिएको आवश्यक कारबाहीका लागि प्रहरीले प्रकाउ गरेको बताइएको छ । रासस
