समाचारशनिबार, पौष २७, २०७०
अबको प्रधानमन्त्री मः पौडेल
कांग्रेस उपसभापति पौडेलले संविधान जारी नभएसम्म आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने जिकिर गरेका हुन् । तनहूँमा २७ पुसमा भएको कार्यक्रममा उनले सभापति सुशिल कोइरालाले पार्टीको नेतृत्व गरिरहेको र वरिष्ठ नेता शेरबहादुर देउवाले धेरैपटक प्रधानमन्त्री बनिसकेकाले अब आफूले सरकारको नेतृत् वगर्न पाउनुपर्ने बताए ।
अहिलेसम्म कुनै पनि महत्वपूर्ण जिम्मेवारी नपाएको भन्दै उनले यसपटक संविधान जारी नभएसम्म आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्नेमा जोड दिए । उनले भने, “मैले सभापति र शेरबहादुर जीलाई भनिसकेको छु, यसपटक सरकारको नेतृत्व गर्ने जिम्मेवारी मैले पाउनुपर्छ ।”
उनले प्रमुख दललाई साथमै लिएर सरकार बनाए एक वर्षभित्र संविधान जारी गर्न सहज हुने बताए । संविधानसभाको पहिलो बैठक बोलाउने विषयमा राष्ट्रपति र मन्त्रिपरिषदका अध्यक्षबीच भएको विवादमा छिट्टै सहमति जुट्ने दाबी गर्दै उनले १० माघभित्र संविधानसभाको पहिलो बैठक बस्ने ठोकुवा गरे ।
उनले संविधान निर्माण प्रक्रियामा नेकपा–माओवादीले भने जस्तो गालमेच सम्मेलन गरेर गर्न आफूहरु तयार रहेको स्पष्ट पारे । उनले भने, “नेकपा–माओवादीलाई सकेसम्म सरकारमा ल्याउँछौं, नभए पनि संविधान निर्माण प्रक्रियामा सहभागि गराउन हामी तयार छौं ।”
