थप समाचारआइतबार, पौष २८, २०७०

आगोमा जलेर एकको मृत्यु

हिमालखबर

हाँडेभिरस्थित एक अस्थायी पाटी (छाप्रो) मा २७ पुस राती एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मराङ–७ का ६५ वर्षीय थमबहादुर जुग्जाली छन् ।

उनी म्याग्दी नदीको किनारमा लघुउद्यम भवननजिकै विगत१२ वर्षदेखि छाप्रोमा बस्दै आएका थिए । राति सुतेको समयमा अगेनामा रहेको दाउरा र टायर सल्किएर राती २ बजे आगलागी भएको प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बेलबासेले जानकारी दिए ।

आगलागीमा जलेका उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाइ छ । उनी मजदुरी गरी जीविकोपार्जन गर्दै आएका थिए ।

आगलागी हुँदासाथ घटनास्थलमा पुगेका प्रहरीले समयमै आगो नियन्त्रणमा लिएकाले घटनास्थलनजिकै रहेका अन्य छाप्रा आगलागी हुनबाट जोगिएको थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>