समाचारआइतबार, पौष २८, २०७०
डाईलोसिसमा प्रयोग हुने केमिकल चोरी
डायलोसिस शाखाबाट २७ पुसमा १ लाख २७ हजार रुपैंया मूल्य बराबरको रासायनिक पदार्थ चोरी भएको हो । अस्पतालले डायलोसिस सेवा शुरु गर्ने तयारी गरिरहेको बेला शाखाबाट रासायनिक पदार्थ चोरी भएको हो । १ माघदेखि अस्पतालले डायलोसिस सेवा शुरु गर्ने तयारी गरिरहेको छ ।
रासायनिक पदार्थ तथा विद्युतीय सामान चोरी गर्ने अस्पतालकै दुई कर्मचारीलाई भने प्रहरीले पक्राउ गरेको छ । अस्पताल विकास समितिको विधुत शाखाका इन्चार्ज नरेन्द्र कुशवाहा र सहायक सन्तोष सिंहले डायलायजर नामको केमिकल शाखाबाट चोरी गरेर लगिरहेको अवस्थामा पक्राउ गरेको वडा प्रहरी कार्यालय वीर्ताले जनाएको छ ।
एक लाख २७ हजार रुपैंया मूल्य बराबरको रासायनिक पदार्थ चोरी गर्ने दुई जनालाई आवश्यक कारबाहीका लागि २८ पुस बिहान जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
