समाचारआइतबार, पौष २८, २०७०

सीडीओ र एसपीले माफी मागे

हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई प्रश्न सोधेपछि पक्राउ परेका पत्रकार सामु सीडीओ गणेशराज कार्की र एस्पी विश्वराज पोखरेलले माफी मागेपछि धर्नामा बसेका पत्रकार जिल्ला प्रकाशन कार्यालयबाट बाहिरिएका छन् ।

सुपारी तस्करी खुल्ला गरेको विषयमा प्रश्न सोधेसँगै अख्तियार प्रमुख लोकमानसिंह कार्कीले अपशब्द प्रयोग गरेपछि बिरोधमा उत्रिएका २५ जना पत्रकारलाई प्रहरीले २८ पुसमा पक्राउ गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई प्रश्न सोधेपछि २८ पुसमा पक्राउ परेका पत्रकारहरु । तस्वीरः कमल रिमाल/विराटनगर

___________________________________________________________________________________

प्रश्न सोध्दा २५ पत्रकार पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई प्रश्न सोध्ने २५ जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले २८ पुसमा गरेको पत्रकार सम्मेलनको क्रममा प्रश्न सोध्ने पत्रकारलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गर्ने क्रममा तीन जना पत्रकार घाइते भएका छन् । घाइते पत्रकार धर्मराज ढकालको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दुई जनालाई भने सामान्य चोट लागेको छ ।

पत्रकार सम्मेलनमा प्रश्न सोध्ने क्रममा अख्तियार प्रमुख कार्कीले अपशब्द प्रयोग गरेपछि पत्रकारहरु बिरोधमा उत्रिएका थिए । कार्कीको बिरोधमा पत्रकारहरुले कार्यालय अगाडि धर्ना दिएपछि कार्कीको निर्देशनमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

सुपारी तस्करी खुल्ला गरेको विषयमा प्रश्न सोधेपछि कार्कीले अपशब्द प्रयोग गरेका थिए । जिल्ला प्रशासन कार्यालयले सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>