समाचारआइतबार, पौष २८, २०७०
भ्रष्टाचारविरुद्धको भूमिकालाई ओझेल पार्ने प्रयास: कार्की (विज्ञप्तीसहित)
विराटनगरमा पत्रकार सम्मेलन गरेलगत्तै राजधानी आइपुगेका अख्तियार प्रमुख कार्कीले २८ पुसमा विज्ञप्ति निकाल्न लगाएर भ्रष्टाचारविरुद्ध खेलिरहको प्रभावकारी भूमिकालाई आझेलमा पार्ने प्रयत्न भएको आरोप लगाएका हुन् । उनले पत्रकारको क्रियाकलापलाई बस्तुनिष्ठ भएर मूल्यांकन गर्न सर्वसाधारणसँग आग्रह पनि गरेका छन् ।
अख्तियारका सह–न्यायाधिवक्ता श्रीधर सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “माननीय प्रमुख आयुक्तको उपस्थिति पछि आयोगले भ्रष्टाचार विरुद्ध निर्वाह गरिरहेको प्रभावकारी भूमीकालाई ओझेलमा पार्ने प्रयत्न स्वरुप भए गरिएका यस्ता क्रियालाप प्रति जनसाधारणलाई उचित र वस्तुनिष्ठ मूल्यांकन गरिदिनुहुन आयोग अपिल गर्दछ ।”
अख्तियारले निकालेको विज्ञप्तीमा पत्रकारहरुलाई आफ्नो मर्यादा र जिम्मेवारी निर्वाह गर्न पनि भनिएको छ । विराटनगरका पत्रकारले आफूमाथि अभद्र व्यवहार गरेको आरोप लगाउँदै विज्ञप्तीमा भनिएको छ, “पत्रकारीता क्षेत्र प्रति आयोगका तर्फबाट सम्मान, सद्भाव र सहकार्यको अविराम प्रयत्न हुँदा हुँदै पनि आज मिति २०७० पौष २८ गते बिराटनगर जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रमा केही व्यक्तिहरुद्वारा आयोगका माननीय प्रमुख आयुक्त श्री लोकमान सिंह कार्की बिरुद्ध गरिएको अभद्र व्यवहार प्रति आयोग दुस्ख व्यक्त गर्दछ ।”
२८ पुसमा अख्तियारले जारी गरेको विज्ञप्तीः


