समाचारआइतबार, पौष २८, २०७०
एमाले महाधिवेशन राजधानीमा
एमाले स्थायी कमिटी बैठकले ९ वैशाखदेखि १३ वैशाखसम्म राजधानीमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको हो । पार्टी कार्यालय बल्खुमा २८ पुसमा बसेको बैठकले महाधिवेशन र स्थान टुंगो लगाएको हो ।
पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले महाधिवेशन उदघाटन गर्ने भएको हो ।
महाधिवेशन तयारीका लागि १० माघमा केन्द्रीय समिति बैठक बोलाउने पनि स्थायी कमिटीले निर्णय गरेको छ ।
बैठकले नयाँ सदस्यता वितरण बन्द गर्ने र माघ मसान्तसम्मा सदस्यता नविकरण गर्ने समयसीमा तोकेको छ ।
