समाचारआइतबार, पौष २८, २०७०

राप्रपा अध्यक्ष थापाले सभासदलाई सपथ गराउने

हिमालखबर

संविधानसभाका नवनिर्वाचित सभासद्ध्ये ८६ वर्षीय ज्येष्ठ सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले सभासदलाई सपथ गराउने छन् । थापाले सबै नवनिर्वाचित सदस्यलाई नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ दिलाउनले सचिवालयले जनाएको छ ।

त्यसअघि संविधानसभाको बैठकको सञ्चालन र अध्यक्षता गर्नका लागि अन्तरिम संविधानमा व्यवस्था भएअनुरुप नवनिर्वाचित ज्येष्ठ सदस्य थापालाई ६ माघमा राष्ट्रपतिबाट सपथ दिलाउने गरी गृहकार्यसमेत भइरहेको छ ।

मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले ८ माघमा संविधानसभा बैठक २७ पुसमा आह्वान गरेलगत्तै संविधानसभा सचिवालयले बैठक सञ्चालनका लागि गर्नुपर्ने बाँकी पूर्वतयारीको कामलाई तीब्रता दिएको हो ।

बैठकको आह्वान भएको कुराको जानकारी र बैठकमा भाग लिने आमन्त्रण गरिएको व्यहोरासहितको चिठी प्रत्येक नवनिर्वाचित सदस्यलाई २८ पुसदेखि पठाउन सुरु गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>