थप समाचारआइतबार, पौष २८, २०७०

बलात्कारी शिक्षकलाई दश वर्ष कैद

हिमालखबर

जिल्ला अदालतका न्यायाधीश चन्द्रबहादुर सारुको एकल इजलासले १० वर्ष कैदको फैसला गर्दै पीडितलाई एक लाख रूपैयाँ क्षतिपूर्ति दिनसमेत आदेश गरेको अदालतका स्रेस्तेदार नवराज दुलालले बताए । जिल्ला अदालतको आदेशले आरोपी २२ साउन २०६९ देखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।

छिन्नमस्ता गाविस–२ स्थित बोर्डिङ्ग स्कुलका शिक्षक आरोपीले २०६९ बैशाख २ गते साँझ ट्युसन पढ्न आएकी बालिकालाई बलात्कार गरेका थिए । पीडितले बैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण गर्दै युनिक अस्पताल र राजविराजस्थित अञ्चल अस्पतालले बालिकाको बलात्कार भएको प्रतिवेदन दिएको थियो ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>