थप समाचारसोमबार, पौष २९, २०७०
८ किलो सुनसहित ३ पक्राउ
नेमुवा प्रहरी चौकीले सडकखण्डमा २८ पुस राती जाँचका क्रममा काठमाडौँबाट विराटगरतर्फ आउँदै गरेको बा १० च ७१०४ नम्बरको कारबाट सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।
उनीहरुले लुकाएर ल्याउँदै गरेको सुन प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा विराटनगर–११ का शेखर महतो, अमर महतो र मोरङ रङ्गेली गाविसका कैलाश सोनी छन् ।
