थप समाचारमंगलबार, पौष ३०, २०७०
कुटपिट गरी पत्नीको हत्या
झापा जलथलका लिलु बेस्राले २८ पुसमा पत्नी बिट्टीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । २९ पुसमा मेची अञ्चल अस्पताल भद्रपुर पुर्याइएकी बिट्टीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतकको शरीरभर निलडाम देखिएपछि त्यहाँ रहेको प्रहरीले शंका लागि लिलुलाई केरकार गर्दा उनले कुटपीट गरेको स्वीकारेका थिए ।
बयानमा लिलुले स्थानीय हाटमा दुबैले रक्सी पिएको र श्रीमती घरजान ढिलो गरेकोले कुटपिट गरेको बताएका थिए । कुटपिटबाट सिकिस्त भएकी श्रीमतीलाई भोलिपल्ट उपचारको लागि अस्पताल लगेको पनि बयान दिएका छन् ।
पति पत्नी दुवै स्थानीय चिया बगानका मजदुर हुन ।
गोपाल गडतौला, झापा
