थप समाचारमंगलबार, पौष ३०, २०७०
गोईत समूहका धनुषा इन्चार्ज पक्राउ
उनीसहित तीन जना सशस्त्र समूहका कार्यकर्तालाई २९ पुसमा प्रहरीले धनुषाको प्रखे महुवा–४ बाट पक्राउ गरेको हो । चेकजाँचको क्रममा पक्राउ परेका यादवको बयानको आधारमा अन्य दुई जनालाई पनि समातिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले ३० पुसमा पत्रकार सम्मेलन गरेर पक्राउ परेकाकाहरुलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा जनकपुर ८ का रघुनाथ यादव, मखनाहा ९ नवटोलीका ३० वर्षीय भरत यादव र सत्तोषर २ कुस्माहाका ४० वर्षीय गंगाप्रसाद यादव छन् ।
उनीहरुमाथि हातहतियार तथा खरखजाना र हतियार बेचबिखन तथा ओसारपोसार मुद्दा चलाईने धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए । उनीहरुको साथबाट प्रहरीले ६ थान कटुवा पेस्तोल, ५ राउन्ड गोली, मोबाईल ३ थान, भारतीय नम्बर प्लेट भएको बीआर ५ ओ ९१७४ नम्बरको मोटरसाईकल बरामद गरेको छ ।
उनीहरुमाथि जिविस धनुषामा ९ चैत २०६९, १६ साउन २०६९ मा जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालयमा बम विष्फोट गराएको आरोप छ ।
ईश्वरचन्द्र झा, जनकपुर
