समाचारमंगलबार, पौष ३०, २०७०

‘नवसामन्त बन्दा दाहालले हारे’

हिमालखबर

काठमाडौं–१० बाट निर्वाचित सभासद् राजन केसीले आम जनताको मन जितेर मात्रै राजनीति गर्नुपर्ने भन्दै हेलिकप्टर चढेर प्रचारमा हिंडेका एमाओवादी अध्यक्ष दाहाललाई पैदल हिंड्ने आफूले हराएको बताएका छन् ।

३० पुसमा पाल्पामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभासद केसीले हेलिकप्टर चढ्नेलाई नभएर जनताको सेवा गर्नेलाई भोट दिन आफूले जनतालाई आह्वान गरेकोले सफल भएको दाबी समेत गरे । उनले एमाओवादीले जातीय राज्य र धेरै संघ बनाउन खोजेकाले पनि उसकै मुद्दाका कारण जनताबाट तिरस्कृत हुनु परेको बताए । केसीले भने, “त्यसमाथि दाहालले नवसामन्तबादको नाईकेको परिचय बनाएका छन् ।”

आफूले टोलटोलका जनतालाई पैदल हिंड्दै भेटेको तर दाहाल हेलिकोप्टरमा उडेर माथिमाथि मात्रै हेरेकाले हार्नु परेको दाबी गरे । उनले भने, “मेरा आफन्तले दाहालसँग चुनाब नलड्न सुझाव दिएका थिए तर, म जनताको सेवक भएकाले हिम्मत गरेरै निर्बाचनमा होमिए र सफल पनि भएँ । ”

केसीले कांग्रेसको नेतृत्वमा सरकार बन्ने र एक वर्षभित्र संविधान दिने भन्दै पार्टीमा गुट उपगुट हुनु मुख्य समस्या भएको बताए । उनले भने, “सिट बाँड्ने, तेरो मेरो भन्ने प्रवृतिको विरोधमा मैले पार्टीमा गम्भीर बहस चलाउनेछु ।”

देब पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>