समाचारमंगलबार, पौष ३०, २०७०

हारको जिम्मेवारी मेरो मात्रै होइनः दाहाल

हिमालखबर

पार्टी मुख्यालय कोटेश्वरमा बसेको एमाओवादी पूर्व पोलिटब्युरो सदस्यहरुको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनले पारित गरेको प्रस्ताव अनुसार पार्टी अगाडि नबढेकोले निर्वाचनमा हार व्यहोर्नु परेको बताएका छन् ।

पार्टीको आसन्न केन्द्रीय समितिमा पेश गर्ने प्रस्ताव पोलिटव्युरो सदस्यहरुबाट अनुमोदन गराउँदै दाहालले हेटौडा महाअधिवेसनले पारित गरेको कार्यदिशा अनुसार पार्टी  अघि नबढदा संविधानसभा सदस्य निर्वाचनमा हार व्यहोरेको उल्लेख गर्दै उक्त जिम्मेवारी आफूले नलिने बताएका छन् ।

पार्टीको संरचना ठूलो भएकाले पुनर्गठनको समेत उनले प्रस्ताव गरेका छन् ।

बैठकपछि सञ्चारकर्मीहरुस“ग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले अध्यक्ष दाहालले केन्द्रीय कमिटीमा लैजाने प्रस्तावबारे छलफल भएको बताए ।

३० पुसमा बसेको अनौपचारिक बैठकमा २ माघबाट शुरु हुने केन्द्रीय समितिको बैठकमा नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले फरक मत प्रस्तुत गर्ने विषयमा पनि छलफल भएको थियो ।

यसैबीच अध्यक्ष दाहालले आफ्नो राजनीतिक, सांगठनिक प्रतिवेदनमा सहमति जुटाउन नेताद्वय भट्टराई र नारायणकाजी श्रेष्ठस“ग छलफल गरेका छन् ।

बैठक बस्नुअघि नेता डाक्टर भट्टराईको निवास सानेपामा पार्टी हेडक्वार्टरको बैठक भएको थियो ।

अध्यक्ष दाहालको एकीकृत प्रस्ताव पेश गर्ने योजना बिफल भएपछि लिखित रुपमा फरक मत राख्न नेताहरु सहमत भएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>