थप समाचारबुधबार, माघ १, २०७०
दाङ दुर्घटनाः थप दुईको मृत्यु
तिर्थयात्री लिएर दाङबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ४००९ नम्बरको बस ३० पुस साँझ तुलसीपुर–अमिलिया सडक खण्डको दमारगाउँमा दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।
विपरित दिशाबाट आउँदै गरेको बसलाई साईड दिनेक्रममा बस भीरमा खस्दा भारत बहराइच घर भएका ३५ वर्षीय मंगलप्रसाद यादवको घटना स्थलमै र े बहराइचकै २५ वर्षीय प्रधान यादव र बाँके खासकुस्माका २१ बर्षीय खेमराज बिकको कोहलपुर मेडीकल कलेजमा उपचारको क्रममा मृत्युभएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका दुई जनाको कोहलपुरमा उपचार भैरहेको छ भने, अन्य ९ जनाको तुलसीपुर अञ्चल अस्पतालमा उपचार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
त्यस्तै ३० पुस राति तुलसीपुर–१ साततलेमा ट्याक्टर दुर्घटना हुँदा तुलसीपुर–९ का ३५ बर्षीय सुरज ओलीको मृत्यु भएको छ भने सोही ठाउँका १८ वर्षीय चालक रमेश नेपाली गम्भीर घाइते भएका छन् ।
सल्यानको कपुरकोटबाट तुलसीपुर आउँदै गरेको लु २ त १४१० नम्बरको टेक्टर साततलेमा दुर्घटना भएको थियो ।
—————————————————————————————————————————-
गाडी दुर्घटनामा एक तिर्थयात्रीको मृत्यु, २२ घाइते
दाङको तुलसीपुर–अमिलिया सडकखण्डको फुलबारीमा बस दुर्घटना हुँदा एक तिर्थयात्रीको मृत्यु भएको छ ।
भारतीय तिर्थालुहरु चढेको बस ३० पुस साँझ दुर्घटना हुँदा भारत बहराइचस्थित सराबस्तीका ३५ वर्षीय मंगलप्रसा यादवको मृत्यु भएको हो । अरु २२ जना घाइते भएका छन् ।
घोराहीबाट भारतीय तिर्थालु बोकेर कुसुमतर्फ जाँदै गरेको ना ४ ख ४००९ नम्बरको बस फुलबारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर ३ जनालाई नेपालगञ्जमा रिफर गरेर पठाइएको र अन्य घाइतेको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
देविका घर्ती मगर, दाङ ।
