समाचारबुधबार, माघ १, २०७०

संविधान जारी गरेपछि राष्ट्रपति निर्वाचनः नेपाल

हिमालखबर

एमाले वरिष्ठ नेता नेपालले नेपाली कांग्रेसले सहमतिका लागि ठोस प्रस्ताव ल्याए संविधान जारी गरे पछि मात्र राष्ट्रपतिको निर्वाचन गर्न सकिने धारणा सार्वजनिक गरेका हुन् । ३० औं पिस्कर स्मृति दिवसको अवसरमा नेकपा एमाले सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले  राजधानीमा १ माघमा गरेको कार्यक्रममा उनले ठूलो दलको हैसियतमा कांग्रेसले ठोस प्रस्ताव ल्याउनुपर्ने बताए ।

उनले भने, “कांग्रेसले ठोस प्रस्ताव ल्यायो भने संविधान जारी गरे पछि मात्र राष्ट्रपति निर्वाचन गर्न सकिन्छ ।” उनले सबै दललाई मान्य हुने सहमतिको प्रस्ताव कांग्रेसले ल्याए पूर्व घोषित प्रतिवद्धता अनुसार एक वर्षमा संविधान जारी गर्न कुनै दल बाधक नहुने पनि दाबी गरे ।

उनले भने, “कांग्रेसले सम्मानजन प्रस्ताव नल्याए हामी प्रतिपक्षमा बसेर संविधान निर्माण गर्न अग्रसर रहन्छौं ।” उनले आगामी चैत–वैशाखसम्ममा स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा दलहरुको ध्यानाकर्षण गराए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>