समाचारबिहीबार, माघ २, २०७०

राष्ट्रपति निर्वाचन सम्बन्धी रिटको सुनुवाई भएन

हिमालखबर

राष्ट्रपति र उपराष्ट्रपतिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई २ माघमा चौथो पटक पनि नभई  सरेको छ। अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटको पेशी फेरि ३ माघका लागि तोकिएको छ ।

२ माघमा पनि समय अभावकाको  कारण देखाइ  सुनुवाई नभएको अधिवक्ता अर्यालले बताए । रिटको सुनुवाईका लागि न्यायाधीश वैद्यनाथ उपाध्यायको एकल इजलासले सुनुवाई गर्ने तय भएको थियो ।

तर, न्यायाधीशहरुको पूर्ण बैठक बस्ने भएकाले सुनुवाई हुन नसकेको हो । सर्वोच्चले यसअघि २६ पुस, २८ पुस, २९ पुस र २ माघमा पेशी तोेकेको थियो ।

राष्ट्रपति र उपराष्ट्रपतिलाई पदमुक्त घोषित गर्न वा राजीनामा गर्न लगाएर नयाँ निर्वाचन हुनुपर्ने भन्दै अधिवक्ता अर्यालले २५ पुसमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

दुई वर्षका लागि निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिको म्याद संविधानसभाको म्याद थपिएसँगै थपिएको र अब नयाँ जनादेश अनुसार हुनुपर्ने रिटमा जिकिर गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>