समाचारबिहीबार, माघ २, २०७०

सरकारको नेतृत्व बारे कांग्रेसमा सहमति जुटेन

हिमालखबर

२ माघमा संसदीय दलको नेता चयनलगायत समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेताहरुबीच छलफल भए पनि सहमति भने जुट्न सकेन ।

पार्टी सभापति सुशील कोइरालाको निवासमा महाराजगञ्जमा भएको छलफलमा सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उसभापति रामचन्द्र पौडेल सहभागी थिए ।

संविधानसभा निर्वाचनपछि ठूलो दल बनेको कांग्रेसभित्र प्रधानमन्त्रीको लागि तीनैजना शीर्ष नेता आकांक्षी भएकाले सहमतिका लागि भएको छलफल बिना निष्कर्ष टुङ्गिएको हो ।

छलफलपछि नेता देउवाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सबै विषयमा छलफल भएको र थप छलफल गरेर निष्कर्षमा पुगिने बताए ।

यसअघि पनि कोइराला, देउवा र पौडेलबीच सरकारको नेतृत्वको विषयमा पटकपटक छलफल भइसकेको छ । तर सहमति भने जुट्न सकेको छैन ।

आजको छलफलमा सहमति नजुटेपछि लोकतान्त्रिक विधिअनुसार निर्वाचनबाटै संसदीय दलको नेता चयन गर्नुपर्ने धारणा पनि आएको बुझिएको छ । त्यसका लागि केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने हुन्छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>