समाचारबिहीबार, माघ २, २०७०
विद्युतका स्टोरकिपर अख्तियारद्वारा पक्राउ
भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल इटहरी सम्पर्क कार्यालयले नेपाल विद्युत प्राधिकरण इटहरी शाखाका स्टोरकिपर अर्जुन कटुवाललाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
स्टोरको सामान भिडाई हेर्दा रु एक करोड ६० लाख मूल्य बराबरको सामान र त्यसको हिसाबकिताबमा अनियमितता भएको देखिएपछि अख्तियारले उनलाई दुई दिन अगाडि पक्राउ गरेको शाखाबाट थाहा भएको छ ।
अख्तियारको क्षेत्रीय कार्यालयले उक्त स्टोरबाट हराएको सामानको अनुसन्धान भइरहेको बताएको छ ।
