थप समाचारशुक्रबार, माघ ३, २०७०

चौकीमा महिला मात्रै प्रहरी

हिमालखबर

शान्तिसुरक्षामा महिला प्रहरीको भूमिका बढाउन झापाको अनारमनी बिर्ताबजारस्थित अस्थायी प्रहरी चौकीमा २ माघदेखि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना प्रहरी परिचालित भएका छन् । चौकीमा खटिएका सबै प्रहरी महिला हुन् ।

प्रसनि गङ्गामाया राईको नेतृत्वमा हबलदारद्वय टीकादेवी कार्की, यादव लक्ष्मी श्रेष्ठ र आठजना महिला प्रहरी जवान रहेका प्रसनि राईले जानकारी दिइन् ।

मेची अञ्चलमा महिला प्रहरी मात्रले चौकी सम्हालेको यो पहिलो पटक हो । २०२४ सालमा स्थापित सो चौकी जिल्लाको पुरानो चौकी मानिन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>