थप समाचारशुक्रबार, माघ ३, २०७०
सय विद्यालयको बैंक खाता रोक्का
रौतहटमा खोलिएका सयभन्दा बढी विद्यालय कागजमा मात्रै संचालनमा रहेको भेटिएपछि कार्यालयले बैंक खाता रोक्का गरेको हो । रौतहटमा स्वीकृति लिएका २२० सामुदायिक प्राथमिक विद्यालयमध्ये सयभन्दा बढी कागजमा मात्र सीमित फेला परेको हो ।
कागजमा मात्र सीमित विद्यालयको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोलीले अनुगमनसमेत गरेको छ । टोलीले ती विद्यालयका कागजपत्र नियन्त्रणमा लिइसकेको पनि छ ।
अख्तियारको अनुगमन पछि स्वीकृत लिएका विद्यालय निर्माण गर्न थालेका छन् ।
रासस
