समाचारशुक्रबार, माघ ३, २०७०

तीन दलबीच छलफल गर्ने समझदारी

हिमालखबर

नेपाली कांग्रेस र एमाओवादबीच एक वर्षभित्र संविधान निर्माणका लागि सहमतीय सरकार बनाएर राजनीतिक अप्ठ्याराहरुको निकास खोज्न प्रमुख तीन दलका शीर्ष नेताहरुले छलफल गर्ने समझदारी भएकोे छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा ३ माघ बिहान बसेको कांग्रेस र एमाओवादीका नेताहरुबीच त्यस्तो सहमति बनेको हो ।

“सहमतीय सरकार निर्माण गरी द्रुत ढङ्गले संविधान बनाउन अहिले देखिएका समस्याको निकास खोज्न प्रमुख तीन दलका शीर्ष नेताहरु बसेर छलफल गर्ने समझदारी बनेको छ”, नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले बैठकपछि भने ।

सिटौलाले सहमतीय सरकारमा सहभागी हुनेबारेमा एमाले र एमाओवादी सकारात्मक रहेको दाबी गरे ।

यसअघि नेपाली कांग्रेसले एमालेका शीर्ष नेताहरुसँग छलफल गरी संविधान निर्माण प्रक्रिया र सरकार निर्माण प्रक्रियामा सहकार्य गरेर अघि बढ्ने र त्यसमा अरु दलहरुलाई सहमतिमा ल्याउनेबारेमा छलफल गरेको थियो ।

त्यसलगत्तै एमाओवादीका नेताहरुसँग काँग्रेसले आज छलफल गरेको हो ।

छलफलमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा एमाओवादीबाट अध्यक्ष दाहाल र नेता कृष्णबहादुर महरा सहभागी थिए ।

यद्दपी नेपाली कांग्रेसभित्रै सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा तीन नेता कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच तानतान छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>