समाचारशुक्रबार, माघ ३, २०७०
एमाले राष्ट्रपति निर्वाचनको विपक्षमाः रावल
संविधान निर्माण गरीसकेपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्दा एमाले र कांग्रेसबीच सहमति हुने भन्दै एमाले नेता भीम रावलले अहिलेको मुख्य आवश्यकता संविधान निर्माण गर्नु रहेको बताएका छन् ।
३ माघमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले संविधानसभाको पहिलो प्राथमिकता संविधान बनाउनु भएकाले सबै राजनीतिक दलको ध्यान संविधान निर्माणमै लगाउनुपर्नेमा जोड दिए । उनले भने, “एमाले अहिले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गरिहाल्नुपर्छ भन्ने पक्षमा छैन ।”
नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुको विकल्प नभएको र दुई दलबीच ‘पावर सेयरिङ’का लागि कांग्रेसले एमालेसँग ‘सहमतिको प्याकेज’ प्रस्ताव ल्याउनुपर्ने रावलको भनाई छ ।
उनले भने, “माघको अन्तिमसम्म नयाँ सरकार बन्छ र एक वर्षभित्र संविधान जारी गर्न एमाले जस्तोसुकै भूमिका खेल्न तयार छ ।”
