समाचारशनिबार, माघ ४, २०७०
घुस लिंदालिदै पक्राउ
बागलुङस्थित निसीभुजी जनता क्याम्पसको भवन निर्माणका लागि अर्थ मन्त्रालयले आयोगलाई प्रदान गरेको रु २५ लाख निकासा गराइदिएबापत क्याम्पस प्रमुख ऋषिराम शर्माबाट रु १५ हजार घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रकम लिँदालिदै उनलाई ३ माघमा पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता श्रीधर सापकोटाका अनुसार अभियुक्त खड्काले क्याम्पस प्रमुख शर्मासँग रु २० हजार माग गरेका थिए । अभियुक्तलाई अनुसन्धानका लागि आयोगको हिरासतमा राखिएको छ ।रासस
