समाचारशनिबार, माघ ४, २०७०
राजलाल फोरम नेपालमा, राजकिशोर पनि जाने दाबी
फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले आफ्नै श्रीमती सरिता यादवलाई समानुपातिक सभासद् बनाएपछि असन्तुष्ट बनेका वरिष्ठ नेता यादव फोरम नेपालमा प्रवेश गरेका छन् । सिरहाको चोहर्वामा भएको एक कार्यक्रमबीच फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टीमा प्रवेश गराए ।
नवप्रवेशी यादवले फोरम नेपालमा प्रवेश गरेको नभई घर फर्केको बताए । पार्टीका अध्यक्ष राजकिशोर यादव पनि छिट्टै फोरम नेपालमा आउने दाबी गर्दै उनले भने, “आज बिहान पनि अध्यक्ष राजकिशोरसँग फोनमा कुरा भयो, उहाँले आफू पनि फोरम नेपालमै फर्किने भन्दै उपेन्द्रजीसँग औपचारिक कुरा गर्न भन्नुभएको छ ।”
