थप समाचारशनिबार, माघ ४, २०७०
जिप दुर्घटनामा दुईको मृत्यु, ४१ जना घाइते
स्याङजाको मल्याङकोट दार्सिङबाट वालिङतर्फ गइरहेको ग १ ज ४२१२ नम्बरको जीप वालिङ–६ लालुपातेमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मल्याङकोट गाविस–३ का साइँला गुरुङ र पाल्पा सिलुवा–१ का चार वर्षीय विवश नेपाली छन् ।
क्षमताभन्दा बढी यात्रु लिएर आएको जीप अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक आभूषण तिम्सिनाले बताए ।
दुर्घटनामा घाइते भएकाहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ तथा पोखराका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बताइएको छ ।
सिमसिम पानी परिरहेकाले घाइतेहरुको उद्धारमा निकै कठिन भएको प्रहरीले जनाएको छ ।
रासस
