समाचारशनिबार, माघ ४, २०७०

गृहमन्त्री भन्छन, ‘धेरै आफन्त गुमाएँ’

हिमालखबर

बुटवलमा ४ माघमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री माधवप्रसाद घिमिरेले अरुले गरेजस्तै आफूले नजिकका आफन्तहरुका स्वार्थका आकांक्षा पूरा गर्न नसक्दा धेरै आफन्तहरु आफ्ना बिरोधिबनेको बताएका छन् ।

रुपन्देही ब्यापार संघको अधिबेशन उद्घाटन गर्दै उनले भने, “मुख्यसचिव हुँदा आधा आफन्त गुमाएँ, मन्त्री हुँदा बांकी आधा पनि गुमाएँ ।” जागिर लगाईदिने, लाभ दिने जस्ता आफन्तका अपेक्षा पूरा नगरिदिंदा धेरै रुष्ट भएको उनको भनाई छ ।

उनले गृहमन्त्री भएपछि ६ जना गुण्डाहरुको कार्वाहीबाट काम शुरु गरेको भन्दै वर्तमान सरकार गठनयता नेपालमा भ्रष्टाचार निकै न्यूनिकरण भएको र सुरक्षा व्यवस्थामा पनि सुधार आएको दाबी गरे ।

वर्तमान सरकार बिधि र प्रणालीमा चलेकाले सबै क्षेत्रमा सुधार भएको दाबी गरेका मन्त्री घिमिरेले थपे, “गरे हुँदो रैछ, अब बन्ने सरकारले पनि राम्रा काम गरोस ।”
दीपक ज्ञवाली,बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>