समाचारशनिबार, माघ ४, २०७०
कांग्रेसमा संसदीय दलको नेता छान्न समिति गठन
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिकोे वैठकले संसदीय दलको नेता चयनका लागि प्रबक्ता दिलेन्द्रप्रसाद वडुको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
प्रवक्ता बडुका अनुसार समितिको सदस्यमा केन्द्रीय सदस्य रमेश रिजाल र रामचन्द्र तिवारी छन् ।
नेपाली कांग्रेसका नेतात्रय सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलवीच संसदीय दलको नेतृत्व कसले लिने भन्ने विवाद छ ।
पार्टीले सहमतिका लागि आन्तरिक छलफल गरिरहे पनि अहिलेसम्म सहमति हुन सकेको छैन । सहमति नभए निर्वाचन समितिले संसदीय दलको निर्वाचन गराउने छ ।
संसदीय दलको नेतामा सर्वसम्मती भएपनि चुनावको विधि पुर्याउनका आवश्यक भएकाले केन्द्रीय समितिले निर्वाचन समिति गठन गरेको हो ।
