समाचारशनिबार, माघ ४, २०७०

कहाँ कति पानी पर्यो

हिमालखबर

चितवनको सौराहामा ४ माघमा पानी परेपछि छाता ओढेर हिँड्दै पर्यटकहरु । आज देशका अधिका‌श भागमा पानी परेको छ । तस्वीरः सविता श्रेष्ठ/हिमालखबर

विभागको रेकर्ड अनुसार ४ माघमा लुम्लेमा ५.७, काठमाडौंमा ३.५, सिमरामा ९, भैरहवामा १७.८ र पोखरामा १७.२ मिलिमिटर पानी परेको छ । यस्तै दाङमा ३२, जुम्लामा २८.९, नेपालगञ्जमा ३०.५, धनगढीमा २३.७ र डडेल्धुरामा २७.४ मिलिमिटर पानी परेको विभागको तथ्याँक छ ।

सामान्यतया मंसिर अन्तिम साता हुने हिउँदे झरी १६ पुसबाट शुरु भएको थियो ।

यसैबीच विभागका अनुसार आज राति काठमाडौंको तापक्रम ३–५ डिग्री सेल्सियसबीच रहनेछ ।

हिउँदे झरी र जाडोको विषयमा वरिष्ठ मौसमविद् मणिरत्न शाक्यसँगको अन्तर्वार्ता पढ्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>