समाचारआइतबार, माघ ५, २०७०

हत्या आरोपी एमाओवादी सभासदविरुद्ध रिट

हिमालखबर

एमाओवादीले समानुपातिकतर्फबाट सभासद बनाएका महोत्तरी सहसौला–६ का लालेन्द्रकुमार मण्डललाई सभासद पदको सपथ ग्रहण नगर्न नगराउन र उनलाई पक्राउ गरी कार्वाहीका लागि जिल्ला अदालत महोत्तरीमा उपस्थित गराउन माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

त्रिपाठीले ५ माघमा दायर गरेको रिटमा मण्डलको मुद्दा फिर्ता प्रक्रिया समेत अगाडि नबढाउन माग गरिएको छ ।

“कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई सभासद बनाउनु दण्डहिनताको पराकाष्ठा हो,” अधिवक्ता त्रिपाठीले भने, “ यहाँ त उनीमाथिको मुद्दा नै फिर्ता पो होला कि भन्ने पनि डर छ, त्यसैले मुद्दा फिर्ता प्रक्रिया पनि अघि नबढाउन माग गरिएको छ ।”

मण्डलमाथि १६ भदौ २०६९ राति महोत्तरी सहसौला–६ का रामविलास मण्डलको हत्या गरेको अभियोग लागेको छ ।
जिल्ला अदालत महोत्तरीले मण्डललाई पक्रन आदेश जारी गरे पनि उनी खुलेआम हिंडदै आएका छन् भने एमाओवादीले सभासद समेत बनाएको छ ।

यो पनि पढौं :

हत्या अभियुक्त एमाओवादी सभासद

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>