थप समाचारसोमबार, माघ ६, २०७०
जिपबाट खसेर उदयपुरमा एकको मृत्यु
कटारी बजारबाट तावाश्रीस्थित बर्रेतर्फ जाँदै गरेको बलेरो जिपबाट खसेर ५ माघ राती एक यात्रुको मृत्यु भएको हो । मृत्यु हुनेमा तावाश्री–६ का २० वर्षीय तिलकबहादुर पुलामी मगर रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
स १ ज २९६ नम्बरको बलेरो जिप कटारीबाट बर्रेतर्फ जाँदै गर्दा रिस्कुस्थित पाटन जङ्गलमा जिपमा सवार मगर जिपबाट खसेर घाइते भएका थिए । घाइते मगरलाई उपचारका लागि कटारीतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किसन सिंह थापाले बताए ।
प्रहरीले जिपलाई नियन्त्रणमा लिएको छ भने फरार जिपचालकको खोजी जारी राखेको प्रहरीले बताएको छ । रासस
