समाचारसोमबार, माघ ६, २०७०

‘राहदानीलाई १५ घण्टा लाइनमा बस्नु नपर्ने भो’

हिमालखबर

सरकारले नारायणहिटी दरबारस्थित राहदानी विभागमा ६ वटा आवेदन सङ्कलन केन्द्र सञ्चालन गरेपछि सेवाग्राहीलाई सजिलो भएको हो । ६ माघदेखि आवेदन संकलन केन्द्र संचालनमा आएको हो ।

केन्द्रको, परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागीले उद्घाटन गरे । उनले सेवाग्राहीको चापलाई दृष्टिगत गरी आवेदन केन्द्र विस्तार गरेको बताए ।

उनले निकट भविष्यमा घनाबस्ती भएका राजधानीका चक्रपथ क्षेत्रका कोटेश्वर, कलङ्की, सामाखुसी, सातदोबाटोलगायतका स्थानमा पनि त्यस्ता केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

राहदानी विभागका महानिर्देशक रमेशप्रसाद खनालले राहदानी छपाइ पनि वृद्धि गर्ने योजनामा विभाग रहेको बताए । उनले राहदानी वितरणबाट यस अवधिमा रु ६ अर्ब राजस्व सङ्कलन भएको जानकारी दिए ।

सर्वसाधारणले राहदानीका लागि दैनिक दुई हजारभन्दा बढी आवेदन फाराम बुझाउने गरेका छन् । विगत तीन वर्षदेखि सरकारले यन्त्रले पढ्ने राहदानी एमआरपी वितरण गर्दै आएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>