समाचारसोमबार, माघ ६, २०७०
४० चिकित्सक पक्राउ (दश तस्वीर)
प्राडा केसीको मागमा समर्थन जनाउँदै प्रदर्शनमा उत्रिएका चिकित्सक पक्राउ परेका हुन् । उनीहरुलाई ६ माघ बिहान माइतीघरबाट पक्राउ गरिएको हो ।
उनीहरु बिहान १० बजेदेखि प्रदर्शन उत्रिएका थिए । प्रदर्शनको क्रममा उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा केही सर्वसाधारण पनि छन् । उनीहरुले अनशनरत प्राडा केसीको माग पूरा हुनुपर्ने, संस्थानमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने लगायत माग गरेका छन् ।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा पदाधिकारी नियुक्तिमा हुने राजनीतिक हस्तक्षेप रोकिनुपर्ने लगायतका ७ बुदे माग राखी केसी २७ पुसदेखि आमरण अनसन बसिरहेका छन् ।
देबकी विष्ट, हिमालखबर






