थप समाचारसोमबार, माघ ६, २०७०
एसएलसी टेष्ट परीक्षा रोक्न निर्देशन
राजधानीसहित विभिन्न जिल्लामा निजी विद्यालयले सेन्टअप परीक्षा संचालन गरिरहेको पाइएको भन्दै सरकारले परीक्षा रोक्न निर्देशन दिएको हो । टेष्ट परीक्षालाई जिल्लास्तरीय परीक्षासरहको मान्यता दिई विद्यार्थीसँग शुल्क उठाई उत्तीर्ण र अनुत्तीर्ण गराउने गरी सञ्चालन नगर्न सरकारले निर्देशन दिएको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले विद्यालयहरूले आन्तरिक मूल्याङ्कनको प्रयोजनका लागि शुल्क नलिई तथा उत्तीर्ण/अनुत्तीर्ण नगराउने गरी मात्रै त्यस्तो परीक्षा सञ्चालन गर्न सक्ने बताए । उनले यसबारे शिक्षा विभागमार्फत् सबै जिल्ला शिक्षा कार्यालयमा निर्देशन दिइएको जानकारी दिए ।
तर, कतिपय निजी विद्यालयले सो निर्देशनको अवज्ञा गरी यस्तो परीक्षा सञ्चालन गरिरहेको पाइएको अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले बताए । उनले सरकारले आफ्नो नीति र निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्न सक्नुपर्ने या विद्यालयलाई आफ्नो ढङ्गले परीक्षा सञ्चालन गर्न दिनुपर्ने बताए ।
रासस
